Monday, December 15, 2025

राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न

 राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न

राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित रंगशालामा २०८२ मंसिर २६ देखि २८ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा तेक्वान्दो प्रशिक्षकहरूको क्षमता अभिवृद्धि, आधुनिक प्रशिक्षण विधि, खेल विज्ञान, तथा खेलाडीको स्वास्थ्य र सुरक्षासम्बन्धी विषयमा गहन अन्तरक्रिया तथा व्यवहारिक अभ्यास गरिएको थियो।

तालिममा त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका प्राध्यापक डा. रामकृष्ण महर्जन, सुशील नर्सिङ राना, डा. राजेन्द्र खत्री, राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष महेश्वर फुयाँल, महासचिव राकेश कुमार राई, उपमहासचिव एवं अधिवक्ता ईश्वर सापकोटा, केन्लेद्रीय सदस्य तथा तेक्वान्दोका संस्थापक सिनियर प्रशिक्षक शेर बहादुर थापा मगर लगायत ले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

राष्ट्रिय स्तरका प्रशिक्षकहरूलाई एकै ठाउँमा ल्याई ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको हो। यसले तेक्वान्दो खेलको गुणस्तर र प्रशिक्षकहरूको व्यावसायिक क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

यो संघ को आयोजनामा प्रथम पटक बागमती प्रदेश मा भयको देशका राष्ट्रिय प्राशिक्षक तालिम मा विभिन्न जिल्लाबाट उल्लेखनीय प्रशिक्षकहरूको सहभागिताले तालिमलाई अझ प्रभावकारी बनाएको थियो| संघ को बार्षिक कार्यक्रम अनुसार आयोजना भएको यो तालिम बाकी ६ प्रदेशहरुमा छुट्टा- छुट्टै समयतालिका अनुसार आयोजना गर्ने कार्यकर्म रहेकोछ।















No comments:

Post a Comment