Saturday, January 2, 2021

राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न



 राष्ट्रिय रेफ्री सेमिनार सम्पन्न



राष्ट्रिय तेक्वान्दो संघ-नेपालको तात्वधान तथा प्रदेश नं २ कार्यसमितीको आयोजनामा मिती २०७७ पौष १७-१८ गते सर्लाहीको हरिवन नगरपालिकामा दुई दिने "रेफ्री सेमिनार तथा रिफ्रेसर कोर्ष" सम्पन्न भएको छ। सो कार्यक्रममा प्रदेश नं १ का पाँचथर, झापा, मोरङ्ग, सुनसरी, प्रदेश २ का बारा, पर्सा, रौतहट ,सर्लाही महोत्तरी, प्रदेश ३ का मकवानपुर जिल्लाहरुबाट प्रशिक्षकहरु सहभागी हुनुहुन्थियो। सो कार्यक्रमको सभापतित्व राष्ट्रिय तेक्वान्दो संघ-प्रदेश नं २ का अध्यक्ष कुमार बहादु मोक्तानले गर्नु भएको थियो भने प्रमुख अतिथी हरिवन नपा का नगर प्रमुख गणेश प्रसाई, विशिष्ट अतिथीहरुमा राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य महम्मद सगिर शेख,राष्ट्रिय तेक्वान्दो संघ-नेपालका केन्द्रिय सचिव तथा रेफ्री सेमिनारका प्रशिक्षक राकेश कुमार राई,अतिथीहरुमा हरिवन नपा वडा नं ९ का वडा अध्यक्ष सीताराम पोखरेल, सशस्त्र प्रहरी बेश क्याम्पका प्रमुख ज्यू ,रा ते संघ प्रदेश २ का उपाध्यक्ष जयमान पाख्रिन तथा विभिन्न जिल्ला कार्यसमितीबाट आउनु भएका गुरुहरु हुनुहुन्थियो। सो कार्यक्रमको संचालन सन्तोष बानियाले गर्नु भएको थियो भने स्वागत मन्तव्य रा ते संघ प्रदेश नं २ का महासचिव संजय लाल श्रेष्ठले गर्नु भएको थियो। सो कार्यक्रममा प्रमुख अतिथी ज्यू तथा वडा अध्यक्ष ज्यूहरुले हरिवन नपामा खेलकुद र यसलाई विकास गर्न चाहिने भौतिक तथा खेल सामाग्रीहरु नगरपालिका तथा वडाले सहयोग गर्ने वचन दिनु भयो। रा खे पा का बोर्ड सदस्य ज्यूले पनि रा खे पाले खेल र खेलाडीको विकाशको निम्ती कुनै कसर बाँकी नराख्ने प्रतिबध्ता जनाउनु भयो। सो कार्यक्रमका मुख्य प्रशिक्षक राकेश कुमार राई ज्यूले रा ते संघ नेपाल ले तेक्वान्दो विकासको निम्ती गर्दै आईरहेको कार्यहरुको चर्चा गर्नुहुँदै खेलकुदको वर्तमान अवस्थाको विषयमा प्रस्ट पार्नु भएको थियो। साथै सेमिनारमा सहभागी सम्पूर्णलाई सभागी प्रमाणपत्र प्रदान गरियकोथियो ।