Sunday, February 26, 2023

स्वस्तिश्रीमा ५ दिने अन्तर्बिध्यालय फुटसल लिग सूरु

काठमाण्डौँ, आइतबार फाल्गुन १४

काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइर्. वी. वल्र्ड स्कूलले खेलप्रेमी विद्यार्थीहरुका लागि खेलकुदप्रति बढी आर्षित अनि दक्ष बनाउने उद्देश्यले अन्तर विद्यालय फुटसल प्रतियोगीता कार्यक्रमको आयोजना गरी आज विधिवत् उद्घाटन गरेको छ ।

विद्यालयले आयोजना गरेको उक्त उद्घाटन कार्यक्रम एन्फाका महासचिव किरण राई ज्यूको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो भने नेपाल विद्यालय खेलकुद महासँघका उपाध्यक्ष मोहन कार्कीले विशेष अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका फुटबल एम्ब्यासडर अनिल गुरुङ्को संयोजकत्वमा  सञ्चालित कार्यक्रममा विद्यालयका व्यवस्थापन र प्रशासन समूहका साथै ,शिक्षक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटनका क्रममा विद्यालयका विद्यार्थी भाइबहिनीहरुले अत्यन्तै सुन्दर स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई विद्यालयकी प्रिन्सिपल नेहा के.सीले स्वागत मन्तव्य राख्नुभएको थियो । पाँच दिनसम्म सञ्चालन हुने मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समुहका (U13 boys,U16 boys & U16 girls)  जम्मा २८ टिम सहभागी भएका छन् । आजको उद्घाटन खेल आयोजक स्वस्ति-G_ vs  एक्सेल्सर, किष्ट लर्निङ् vs ए भि एम ,युरो किड् vs नेक्सस्, आर्या एकेडेमी vs रीब्स्, न्यु इरा vs स्वस्तिश्री (s) र नेक्सस् vs एक्सल बीच भएको थियो । 

विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले अध्यक्षता गर्नुभएको यस भव्य कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थी द्धय छात्र सम्मान के.सी र छात्रा सियान लाब््रााङ्ले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले विद्यार्थीहरुको चौतर्फी विकासमा पढाइका साथसाथै खेलकुदको पनि उत्तिकै महत्व हुने कुरा बताउनु भएको थियो ।