Monday, January 5, 2026

प्रदेश खेलकुद विकास परिषद्को जानकारीपत्रप्रति राष्ट्रिय तेक्वान्दो संघ नेपालको आपत्ति

काठमाडौँ ,

 राष्ट्रिय तेक्वान्दो संघ नेपालले बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा प्रकाशित जानकारीपत्रप्रति घोर भर्त्सना तथा गम्भीर आपत्ति जनाएको छ। संघले न्यायालयको आदेशलाई विपरीत रूपमा व्याख्या गरी नेपाल तेक्वान्दो संघले आफ्ना स्वार्थअनुकूल ढंगबाट तयार पारेको गलत सूचना समावेश गरिएको पत्रकै आधारमा बागमती प्रदेश खेलकुद विकास परिषद द्वारा  प्रकाशित जानकारि पत्र  सार्वजनिक गरेको आरोप लगाएको छ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालका अनुसार मिति २०८२ साल पौष ९ गते (२०८२/०९/०९) च. नं. २०८२/०८३, पत्र संख्या ३०२ अनुसार प्रकाशित उक्त जानकारीपत्र तथ्यहीन, भ्रामक तथा कानुनी आधारविहीन रहेको छ। संघले सार्वजनिक रूपमा फैलाइएका यस्ता सूचनाले तेक्वान्दो खेल क्षेत्रमै भ्रम र समस्या सिर्जना गरेको जनाउँदै, जानकारीपत्रलाई अबिलम्ब सच्चाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।

संघले एकपक्षीय, तथ्यविपरीत र मनोमानी ढंगले गरिएका यस्ता क्रियाकलापहरू कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, आगामी दिनहरूमा बागमती प्रदेश खेलकुद विकास परिषद् तथा त्यस मातहतका जिल्ला खेलकुद विकास समिति र पालिका स्तरका खेलकुद विकास समितिहरूले आयोजना गर्ने तेक्वान्दोसम्बन्धी सम्पूर्ण गतिविधिहरू राष्ट्रिय तेक्वान्दो संघ नेपालको बागमती प्रदेश संघसँग समन्वय गरेर सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

यसै सन्दर्भमा बागमती प्रदेश संघ तथा जिल्ला संघका प्रतिनिधिहरूले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री माननीय उर्मिला नेपालज्यूसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण पत्र पेश गरिएको जानकारी पनि संघले दिएको छ।

राष्ट्रिय तेक्वान्दो संघ नेपालले माननीय मन्त्रीज्यूले यस विषयलाई गम्भीरतापूर्वक अध्ययन, छलफल तथा कानुनी आधारमा आवश्यक निर्णय लिने विश्वास व्यक्त गरेको छ। संघले तेक्वान्दो खेल क्षेत्रमा उत्पन्न भएको भ्रम तथा समस्याको न्यायोचित समाधान हुने अपेक्षा समेत गरेको छ।

समाचारको अन्त्यमा संघले नेपाली तेक्वान्दो खेलको समग्र विकास, खेलाडी र प्रशिक्षकको हित संरक्षण तथा खेलकुदको मर्यादा जोगाउने विषयमा आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।



Monday, December 15, 2025

राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न

 राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न

राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित रंगशालामा २०८२ मंसिर २६ देखि २८ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिममा तेक्वान्दो प्रशिक्षकहरूको क्षमता अभिवृद्धि, आधुनिक प्रशिक्षण विधि, खेल विज्ञान, तथा खेलाडीको स्वास्थ्य र सुरक्षासम्बन्धी विषयमा गहन अन्तरक्रिया तथा व्यवहारिक अभ्यास गरिएको थियो।

तालिममा त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमका प्राध्यापक डा. रामकृष्ण महर्जन, सुशील नर्सिङ राना, डा. राजेन्द्र खत्री, राष्ट्रिय तेक्वान्दो संघ नेपालका अध्यक्ष महेश्वर फुयाँल, महासचिव राकेश कुमार राई, उपमहासचिव एवं अधिवक्ता ईश्वर सापकोटा, केन्लेद्रीय सदस्य तथा तेक्वान्दोका संस्थापक सिनियर प्रशिक्षक शेर बहादुर थापा मगर लगायत ले प्रशिक्षण प्रदान गर्नुभएको थियो।

राष्ट्रिय स्तरका प्रशिक्षकहरूलाई एकै ठाउँमा ल्याई ज्ञान, सीप र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो तालिम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको हो। यसले तेक्वान्दो खेलको गुणस्तर र प्रशिक्षकहरूको व्यावसायिक क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

यो संघ को आयोजनामा प्रथम पटक बागमती प्रदेश मा भयको देशका राष्ट्रिय प्राशिक्षक तालिम मा विभिन्न जिल्लाबाट उल्लेखनीय प्रशिक्षकहरूको सहभागिताले तालिमलाई अझ प्रभावकारी बनाएको थियो| संघ को बार्षिक कार्यक्रम अनुसार आयोजना भएको यो तालिम बाकी ६ प्रदेशहरुमा छुट्टा- छुट्टै समयतालिका अनुसार आयोजना गर्ने कार्यकर्म रहेकोछ।















Saturday, September 30, 2023

स्वस्तिश्री गुरुकुलमा अन्तर- बिद्यालय स्केट रेस सम्पन्न |

     काठमाडौँ, १३ असोज

स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलले आयोजना गरेको दोस्रो इन्टर स्कुल स्केटिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । खेलप्रेमी विद्यार्थीहरूका लागि खेलकुदप्रति आकर्षितका साथै दक्ष बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुल लगायत ३१ स्कुलका करिब २५० जना छात्र÷छात्रा खेलाडीहरूले विभिन्न विद्यालय तथा संस्थाहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । कार्यक्रममा स्वागत् मन्तव्य विद्यालयकी प्रधानाध्यापक नेहा  के.सीले राख्नु भएको थियो भने कार्यक्रमको उद्घाटन प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारले स्कुलको झण्डा झण्डोत्तलन गर्नु भयो । विद्यालयका छात्र सम्मान के.सी र श्रीअंश आर्चायले नेपाल र स्कुलको झण्डा लिएर स्केटिङ अरिना (मैदान) परिक्रमा गरेका थिए । 

६ वर्ष उमेर समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी  बिनिशा नेपाल, अलकापुरी स्कुलकी  प्राश्ना कार्की  र ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी रोज बडूले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी ६ वर्ष  उमेर समूहका छात्रतर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका रहिस खड्की, श्री शिव नर्सिङ शिक्षालयका द्वय केन्जो राई, निभान रानाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । 

 त्यसैगरी ६ देखि ८ वर्ष  उमेर समूहका छात्रातर्फ युरो स्कुल हात्तीगौँडाकी छोयङ डी. शेर्पा, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी द्वय आरोही अर्याल र सरिन भुसालले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । यस्तै ६ देखि ८  वर्ष  उमेर समूहका छात्र तर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका सम्राट विक्रम चन्द, स्वस्तिश्री गुरुकुलका शिशिर गौतम र युरो स्कुल हात्तीगौँडाका येशि नोर्जेन शेर्पाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

त्यसैगरी नै ८ देखि १० वर्ष समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामाङ, स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी द्वय नमिसा श्रेष्ठ र गीत घिमिरेले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी ८ देखि १० वर्ष समूहका छात्र तर्फ रिब्स स्कुलका  सोवान श्रेष्ठ, विल्सन एकेडेमीका अभिशेक लामा, युलेन्स स्कुलका अरहान टिब्रेवाला र युरो स्कुल हात्तीगाँैडाका सुहास पुनले  क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

त्यस्तै १० देखि १२ उमेर समूहका छात्रा तर्फ बृहस्पति विद्यासदन स्कुलकी सोनाम घले, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी सान्भी श्रेष्ठ, अलकापुरी स्कुलकी शिखा बस्नेतले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । १० देखि १२ उमेर समूहका छात्र तर्फ ओलिभ स्केट क्लवका आर्थ बोहरा, के.एम.सी स्कुलका, सिद्धान्त कन्डङ्वा र स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलका यश श्रेष्ठले क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । 

१२ देखि १४ उमेर समूहमा छात्रा तर्फ ओलिभ स्केट क्लवकी मन्सा कडेल, आर, आई, बि.एसकी ज्यासमिन पछाइ र अलकापुरी स्कुलकी सुबानी महर्जनले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । १२ देखि १४ उमेर समूहमा छात्र तर्फ विल्सन एकेडेमीका मन्जिल न्यौपाने, रिब्स स्कुलका द्वय लिस महर्जन र अभिनव महर्जन क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । 

१४ देखि १६ समूहमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुलकी त्रय सुनिचा भजू, रिभा महर्जन र यश्वी श्रेष्ठले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । १२ देखि १४ उमेर समूहमा छात्र तर्फ ह्वाईटफिल्डका समीप लामिछाने, विल्सन एकेडेमीका आदिश गिरी र रिब्स स्कुलका आभुषण जोशीले क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । ज्ञान संस्कार इन्टरनेसनल स्कुल, स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुल र श्री शिव नर्सिङ शिक्षालयले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका साथै ट्रर्फी हासिल गर्न सफल भएका थिए ।


 समापन समारोहका प्रमुख अतिथि नेपाल रोलबल एशोसियसनका महासचिव डिकेश प्रधान, विशेष अतिथि प्रहरी वृत्त स्वयम्भूका इन्स्पेक्टर जितेन्द्र शाह, नेपाल रोलबल एशोसियसनका उपाध्यक्ष रमेश गौतम, अभिभावकका प्रतिनिधि किरण गौतम, विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन, प्रधानाध्यापक नेहा के.सी, उच्च माध्यमिक विद्यालय संयोजक टेकनाथ पौडेल, स्रोत व्यवस्थापक तासी महर्जन, अतिरिक्त कार्यक्रम संयोजक राकेश कुमार राई र आई.सि.टी संयोजक सन्तोष बुढाथोकीले विजयी प्रतियोगीहरूलाई पुरस्कर तथा प्रमाण–पत्र वितरण गर्नुको साथै सम्पूर्ण अतिथिहरूलाई सम्मान गर्दै विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जनले मायाको चिनो प्रदान गर्नु भएको थियो ।