Saturday, September 30, 2023

स्वस्तिश्री गुरुकुलमा अन्तर- बिद्यालय स्केट रेस सम्पन्न |

     काठमाडौँ, १३ असोज

स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलले आयोजना गरेको दोस्रो इन्टर स्कुल स्केटिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । खेलप्रेमी विद्यार्थीहरूका लागि खेलकुदप्रति आकर्षितका साथै दक्ष बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुल लगायत ३१ स्कुलका करिब २५० जना छात्र÷छात्रा खेलाडीहरूले विभिन्न विद्यालय तथा संस्थाहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । कार्यक्रममा स्वागत् मन्तव्य विद्यालयकी प्रधानाध्यापक नेहा  के.सीले राख्नु भएको थियो भने कार्यक्रमको उद्घाटन प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारले स्कुलको झण्डा झण्डोत्तलन गर्नु भयो । विद्यालयका छात्र सम्मान के.सी र श्रीअंश आर्चायले नेपाल र स्कुलको झण्डा लिएर स्केटिङ अरिना (मैदान) परिक्रमा गरेका थिए । 

६ वर्ष उमेर समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी  बिनिशा नेपाल, अलकापुरी स्कुलकी  प्राश्ना कार्की  र ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी रोज बडूले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी ६ वर्ष  उमेर समूहका छात्रतर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका रहिस खड्की, श्री शिव नर्सिङ शिक्षालयका द्वय केन्जो राई, निभान रानाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । 

 त्यसैगरी ६ देखि ८ वर्ष  उमेर समूहका छात्रातर्फ युरो स्कुल हात्तीगौँडाकी छोयङ डी. शेर्पा, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी द्वय आरोही अर्याल र सरिन भुसालले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । यस्तै ६ देखि ८  वर्ष  उमेर समूहका छात्र तर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका सम्राट विक्रम चन्द, स्वस्तिश्री गुरुकुलका शिशिर गौतम र युरो स्कुल हात्तीगौँडाका येशि नोर्जेन शेर्पाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

त्यसैगरी नै ८ देखि १० वर्ष समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामाङ, स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी द्वय नमिसा श्रेष्ठ र गीत घिमिरेले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी ८ देखि १० वर्ष समूहका छात्र तर्फ रिब्स स्कुलका  सोवान श्रेष्ठ, विल्सन एकेडेमीका अभिशेक लामा, युलेन्स स्कुलका अरहान टिब्रेवाला र युरो स्कुल हात्तीगाँैडाका सुहास पुनले  क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

त्यस्तै १० देखि १२ उमेर समूहका छात्रा तर्फ बृहस्पति विद्यासदन स्कुलकी सोनाम घले, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी सान्भी श्रेष्ठ, अलकापुरी स्कुलकी शिखा बस्नेतले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । १० देखि १२ उमेर समूहका छात्र तर्फ ओलिभ स्केट क्लवका आर्थ बोहरा, के.एम.सी स्कुलका, सिद्धान्त कन्डङ्वा र स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलका यश श्रेष्ठले क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । 

१२ देखि १४ उमेर समूहमा छात्रा तर्फ ओलिभ स्केट क्लवकी मन्सा कडेल, आर, आई, बि.एसकी ज्यासमिन पछाइ र अलकापुरी स्कुलकी सुबानी महर्जनले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । १२ देखि १४ उमेर समूहमा छात्र तर्फ विल्सन एकेडेमीका मन्जिल न्यौपाने, रिब्स स्कुलका द्वय लिस महर्जन र अभिनव महर्जन क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । 

१४ देखि १६ समूहमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुलकी त्रय सुनिचा भजू, रिभा महर्जन र यश्वी श्रेष्ठले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । १२ देखि १४ उमेर समूहमा छात्र तर्फ ह्वाईटफिल्डका समीप लामिछाने, विल्सन एकेडेमीका आदिश गिरी र रिब्स स्कुलका आभुषण जोशीले क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । ज्ञान संस्कार इन्टरनेसनल स्कुल, स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुल र श्री शिव नर्सिङ शिक्षालयले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका साथै ट्रर्फी हासिल गर्न सफल भएका थिए ।


 समापन समारोहका प्रमुख अतिथि नेपाल रोलबल एशोसियसनका महासचिव डिकेश प्रधान, विशेष अतिथि प्रहरी वृत्त स्वयम्भूका इन्स्पेक्टर जितेन्द्र शाह, नेपाल रोलबल एशोसियसनका उपाध्यक्ष रमेश गौतम, अभिभावकका प्रतिनिधि किरण गौतम, विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन, प्रधानाध्यापक नेहा के.सी, उच्च माध्यमिक विद्यालय संयोजक टेकनाथ पौडेल, स्रोत व्यवस्थापक तासी महर्जन, अतिरिक्त कार्यक्रम संयोजक राकेश कुमार राई र आई.सि.टी संयोजक सन्तोष बुढाथोकीले विजयी प्रतियोगीहरूलाई पुरस्कर तथा प्रमाण–पत्र वितरण गर्नुको साथै सम्पूर्ण अतिथिहरूलाई सम्मान गर्दै विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जनले मायाको चिनो प्रदान गर्नु भएको थियो । 











Saturday, March 11, 2023

Swostishree Successfully Organizes Open Road Race

Kathmandu

Saturday, March 11, 2023 (Falgun 27, 2079)

Located at Sanobharyang, Kathmandu, Swostishree Gurukul IB World School has successfully organized a road race for enthusiastic students with the motto, “Run for National Peace ''.

The race which was inaugurated by Mr. Baikuntha Manandhar, one of the most prominent runners and an Olympian in marathons, was started at 8:05 a.m. right after a short zumba session led by school dance teacher Miss Rubi Lama. The race had a participation of around 246 male and female students from different schools and institutions.

The grand closing ceremony was attended by Mr. Baikuntha Manandhar, a former olympic runner, as the chief guest along with a list of celebrated and respected invitees. The list included the chairperson of Nagarjun Municipality ward no. 2 Mr. Thumraj K.C., General Secretary of Nepal Olympic Association Mr. Nilendra Shrestha, PABSON chairman Mr. D. K. Dhungana, marathon runners Mr. Ramkrishna Maharjan, Yuvaraj Sunuwar and Buddhavir Lama, school football ambassador and former national football team captain Mr. Anil Gurung and the officers of Nepal Police and Nepal Traffic Police. The program was headed by honorable member of Bagmati Pradesh Assembly Mr Ramkrishna Chitrakar, while the welcome speech was delivered by the school principal Miss Neha KC.

The competition, intended for the students under the age of 16, was divided into boy’s and girl’s categories. Himal Adhikari won the boy’s race with a time of 19:05:01 minute while Dipendra Bohara and Sanam Sherpa grabbed the 2nd and the 3rd positions with the timings of 19:56:99 minute and 20:04:23 minute respectively, in a competition in which the distance allocation was set at 5km and 3km for boys and girls respectively. In the girl’s competition, Bimala Karki, Doma Budha and Ohana Karki grabbed the first, second and the third positions with the timings of 15:09 minute, 15:10 minute and 15:25 minute respectively. Runners who secured positions from the 4th through 10th were, Badal Karki, Hasta Sunar, Chakka Rokaya, Rohit Bote, Gautam Rai, Sujal Syagtan and Roshan Shrestha respectively while on the girls side Anushiya Tandukar, Aaishma Aacharya, Asmita Thapa, Aayusha Rai, Bhavana Nath, Manita Lama and Mina Gharti Magar secured the consolation prizes for securing the positions from the 4th through 10th. Winners were given medals, certificates and cash prizes of 25,000, 20,000, 15,0000 and 5000 for securing 1st through 10th positions respectively.

In the closing ceremony, the chief guest emphasized the importance of the environment in the holistic development of the students and added that discipline and dedication in every walk of life is really important for students. Special guest and ward chairperson mentioned the involvement of the school in effective programs and promised to help the school in similar initiatives. Chief guest Mr. Baikuntha Manadhar was felicitated by Honorable member Mr. Ramkrishna Chitrakar for the former’s contribution in the sport while all the special guests were felicitated by the school managing director Miss Mina Maharjan Chitrakar. Students duo Ishanvi Pandey and Samman K.C. conducted the program while the event was supervised by the school ECA coordinator Mr. Rakesh Kumar Rai.









Friday, March 3, 2023

अन्तर- बिद्यालय फुटसलको उपाधि स्वोस्तिश्रीलाई

 

काठमाण्डौँ फागुन १९ शुक्रबार



काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइ. वी वल्र्ड स्कूलले यही फागुन १४ गते देखि आयोजना गरेको अन्तर विद्यालय फुटसल प्रतियोगिता आज विशेष समारोहका बीच विजयी विद्यालयका खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरी सम्पन्न ग¥यो ।

पाँच दिनसम्म सञ्चालन भएको मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समुहका (U13 boys,U16 boys & U16 girls)  जम्मा २८ टिम सहभागी भएका थिए । सो समापन समारोहमा नेपाल खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले प्रमुख अतिथिको आशन ग्रहण गर्नु भएको थियो । त्येसैगरी विशेष अतिथिको रुपमा नेपाल स्कूल स्पोर्टस् फेडेरेसनका अध्यक्ष प्रदीप जोशी , पूर्व राष्ट्रिय फुटवल खेलाडी तथा अखिल नेपाल फुटवल संघका पूर्व सदस्य दिनेश व्यञ्जनकार , नागार्जुन प्याब्सनका अध्यक्ष वासु घिमिरे ,नेपाल राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान तथा विद्यालयका फुटवल एम्बासडर अनिल गरुङ्, राष्ट्रिय फुटवल टिमका वर्तमान भाइस क्याप्टेन सुजल श्रेष्ठ तथा स्वस्तिश्री एकेडेमीका संयोजक सनोज श्रेष्ठको उपस्थिति रहेको थियो । U16 girls तर्फ आयोजक स्वस्तिश्री प्रथम , NEXUS स्कूल द्दितीय र ए भि एम् तृतीय हुन सफल भए भने उक्त प्रतियोगिता U 16 boys समूहमा प्रथम NEXUS स्कूल ,द्दितीय आयोजक स्वस्तिश्री र तृतीय आर्या एकेडेमीे भएका थिए । यसै गरी U13 boys तर्फ  रिब्स् स्कूल प्रथम, किड्स् लर्निङ् स्कूल द्दितीय र एक्सलसियर स्कूल तृतीय भएका थिए । उक्त प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ग्ज्ञट नष्चकि तर्फ सोभियाना ढकाल NEXUS स्कुल ,त्यसैगरी उत्कृष्ट गोल रक्षक शुभाना मानन्धर स्वस्तिश्री गुरुकुल र अधिक मात्रामा गोल गर्ने खेलाडी स्वस्तिश्री गुरुकुलकी शर्भानी सुवेदी घोषित भएका थिए । U16 boys तर्फ सर्वोत्कृष्ट खेलाडी कृपल गिरी  स्वस्तिश्री गुरुकुल ,त्यसैगरी उत्कृष्ट गोल रक्षक निशान्त राना NEXUS स्कुल र अधिक मात्रामा गोल गर्ने खेलाडी कृष्णबहादुर आले  NEXUS स्कुल घोषित भएका थिए । U13 boys तर्फ सर्वोत्कृष्ट खेलाडी रेहान वास्कोटा किड्स् लर्निङ स्कूल,त्यसैगरी उत्कृष्ट गोल रक्षक आयुष के सी रिब्स्  स्कुल र अधिक मात्रामा गोल गर्ने खेलाडी सुवेग पाण्डे एक्सलसियर  स्कुल घोषित भएका थिए । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिहरुले मेडल तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो । 

कार्यक्रका प्रमुख अतिथि कोेइरालाले विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकामसमा खेलकुदले महत्वपूर्ण भूमिका राख्दछ र यो अवसर  स्वस्तिश्री गुरुकुल आइ. वी वल्र्ड स्कूलले दिदै आएको कुरा बताउनुभयो । कार्यक्रममा उपस्थित सम्पूर्ण माहानुभावहरुलाई विद्यालयकी प्रिन्सिपल नेहा के सीले स्वागत् मन्तव्य राख्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिलगायत विशेष अतिथिहरुलाई विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले मायाको चिनो प्रदान गर्नुभएको उक्त कार्यक्रम विद्यालयका छात्र अधिश विनोख पोख्रेल र छात्रा प्राचीता के सीले सञ्चालन गर्नु भएको कुरा विद्यालयका इ सि ए कोअर्डिनेटर राकेशकुमार राईले बताउनु भयो  ।




Sunday, February 26, 2023

स्वस्तिश्रीमा ५ दिने अन्तर्बिध्यालय फुटसल लिग सूरु

काठमाण्डौँ, आइतबार फाल्गुन १४

काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइर्. वी. वल्र्ड स्कूलले खेलप्रेमी विद्यार्थीहरुका लागि खेलकुदप्रति बढी आर्षित अनि दक्ष बनाउने उद्देश्यले अन्तर विद्यालय फुटसल प्रतियोगीता कार्यक्रमको आयोजना गरी आज विधिवत् उद्घाटन गरेको छ ।

विद्यालयले आयोजना गरेको उक्त उद्घाटन कार्यक्रम एन्फाका महासचिव किरण राई ज्यूको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो भने नेपाल विद्यालय खेलकुद महासँघका उपाध्यक्ष मोहन कार्कीले विशेष अतिथिको भूमिका निर्वाह गर्नुभएको थियो । विद्यालयका फुटबल एम्ब्यासडर अनिल गुरुङ्को संयोजकत्वमा  सञ्चालित कार्यक्रममा विद्यालयका व्यवस्थापन र प्रशासन समूहका साथै ,शिक्षक र विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटनका क्रममा विद्यालयका विद्यार्थी भाइबहिनीहरुले अत्यन्तै सुन्दर स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई विद्यालयकी प्रिन्सिपल नेहा के.सीले स्वागत मन्तव्य राख्नुभएको थियो । पाँच दिनसम्म सञ्चालन हुने मैत्रीपूर्ण खेलमा १२ वटा विद्यालयका विभिन्न उमेर समुहका (U13 boys,U16 boys & U16 girls)  जम्मा २८ टिम सहभागी भएका छन् । आजको उद्घाटन खेल आयोजक स्वस्ति-G_ vs  एक्सेल्सर, किष्ट लर्निङ् vs ए भि एम ,युरो किड् vs नेक्सस्, आर्या एकेडेमी vs रीब्स्, न्यु इरा vs स्वस्तिश्री (s) र नेक्सस् vs एक्सल बीच भएको थियो । 

विद्यालयकी प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले अध्यक्षता गर्नुभएको यस भव्य कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थी द्धय छात्र सम्मान के.सी र छात्रा सियान लाब््रााङ्ले गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले विद्यार्थीहरुको चौतर्फी विकासमा पढाइका साथसाथै खेलकुदको पनि उत्तिकै महत्व हुने कुरा बताउनु भएको थियो ।