Monday, November 14, 2022

स्वस्तिश्री गुरुकुलमा अध्ययनरत पदक विजेता खेलाडीहरु नगदसहित सम्मानित |

सोमबार , र्काित्तक २८ ,२०७९

गण्डकी प्रदेशमा असोज २८ देखि र्काित्तक ३ गतेसम्म सञ्चालित नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीताका पदक विजेताहरुलाई ललितपुर जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ । उक्त कार्यक्रममा स्वस्तिश्री गुरुकुलमा अध्ययनरत विद्यार्थीहरु उर्गेन महर्जन , उपास्ती महर्जन,सेरेन सिं र एल्भीन महर्जन नगद रुपैँयासहित सम्मानित भएका थिए ।

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले नै कार्यक्रमको आयोजना गरिएको र जिल्ला खेलकुद विकास समिति यो कुरामा प्रतिबद्द रहेको कुरा बताउनुभएको थियो । यसैगरी कार्यक्रममा समाजसेवी मदन बहादुर अमात्य, स्वस्तिश्री गुरुकुल विद्यालयका अध्यक्ष तथा ललितपुर निर्वाचन क्षेत्र नं.२ ख का प्रदेश तर्फका उमेद्वार वौद्दिक व्यक्तित्व समामजसेवी रामकृष्ण चित्रकार र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसमेतको उपस्थितिमा सो कार्यक्रमा जिल्लाभरका ६५ खेलाडीहरुलाई  सम्मान गरिएको थियो ।





No comments:

Post a Comment