Tuesday, November 27, 2018

तेक्वान्दो विवाद अब समाप्त हुने


          लामो समय देखि बिबादित तेक्वान्दो खेल अब राखेपले टुंगो लगाउने भयको छ। आगामी माघ को दोस्रो सातामा संचालन हुनगैरहेको आठौं राष्ट्रिय प्रतियोगिता मा समाबेस तेक्वान्दो खेलको राखेपमा  दर्ता समान हैसियतमा रहेका राष्ट्रिय तेक्वान्दो संघ नेपाल र नेपाल तेक्वान्दो संघ बीच विवाद देखियकोले राखेपको ११० औं बोर्ड बैठक को निर्णयानुसार दुबैसंघ लाई पत्राचार गरेको थियो।  पत्रको मितिले सातदिन भित्र मिलेर न आयमा तेक्वान्दो खेल आठौ राष्ट्रिय प्रतियोगितामा समाबेस नगर्ने उल्लेख गरेको थियो। राखेपको पत्रको जवाफमा राष्ट्रिय तेक्वान्दो संग नेपाल ले आफुहरुले नेपाल तेक्वान्दो संग का  पधाधिकारी हरुसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेको र बार्ताको लागि ५ सदसिय बार्ता टोलि गठन गरेको कुरा पत्रमा उल्लेख  गरेको छ भने नेपाल तेक्वान्दो संग ले आफुहरु  कुनै संघ संग मिलेर नजाने र मिल्न पनि नदिने कुरा उल्लेख गरेको छ।  तर राखेप सदस्यसचिप केशब कुमार बिस्ट ले अबको दुई महिना भित्रमा आपसी समस्या समाधान नगरे दुवै तेक्वान्दो संघ लै बिगटन गरि नया तेक्वान्दो  संघ  बनाउने कुरा खेलकुद मन्त्रालय तथा राखेपले  कदम चल्ने कुरा ब्यक्त गरेका छन। नेपाल तेक्वान्दो संघ ले आफुहरु अन्तरास्ट्रिय मान्यता प्राप्त संघ बताउदै आयकोमा सदस्य सचिब केशब कुमार बिस्ट ले भने खेलकुद मन्त्रालय र राखेपमा भयको दर्ता नै सर्बोपरि हो कुनै संघको  अन्तरास्ट्रिय मान्यता को कुनै अर्थ नहुनेकुरा बतायका छन। तेसोत बिस्व तेक्वान्दो महासंघ(WT) ले Member of Nation Association अर्थात्  राष्ट्र लाई दियको सदस्यता हो, न कि कुनै यक व्यक्ति वा संघ लाई  होइन, आगामी दिनमा तेक्वान्दो संघ यक भयमा वा महासंघ भयमा एन. ओ. सि. , खेलकुद मन्त्रालय वा राखेपले बिस्व तेक्वान्दो महासंघ (WT) लाई पत्राचार गर्नेछ र नया बन्ने तेक्वान्दो संघ वा महासंघ ले तेस्लाई निरन्तरता दिनेकुरा एक  श्रोत ले जानकारी गराय ।

विडियो कोलागी तलको लिंकमा click गर्नुहोला।

https://www.youtube.com/watch?time_continue=6&v=yP6L63ZEF44


बोर्ड बैठक को निर्णय


1 comment: