2nd Indo Nepal Open International Taekwondo Championship2021
International
Martial Arts Academy Nepal को आयोजनामा “2nd
Indo Nepal Open International Taekwondo Championship2021”मिति २०७७
चैत २९ र ३० गते (April 10-12/2021) त्रिपुरेश्वोर दशरथ रंगशालामा भब्यताकासाथ सम्पन्न गरियो उक्त
प्रतियोगितामा नेपाल र भारत गरि कुल ४२५ खेलाडीहरुले खुल्ला प्रतिस्प्रधा मा
सहभागिता जनायका थिय,
प्रतियोगिताको उद्घाटन पहिलो दिन चैत्र २९ गते
राष्ट्रिय खेलकुद परिसदका सदस्यसचिव श्री रमेश कुमार सिलवाल ज्यु ले गर्नुभयको
थियो,कार्यक्रम राष्ट्रिय तेक्वान्दो संघ का बरिस्ठ उपाध्यक्ष्य एकनाथ थापाज्यु को
अधक्ष्यतामा राष्ट्रिय तेक्वान्दो संघ को उपाध्यक्ष्य ज्यु हरुको बिषेश आतिथ्य मा
विभिन्न संघ-संस्था हरुको प्रतिनीधि हरुको उपस्थितिमा भब्यताकासाथ उद्घाटन गरियो.
कार्यक्रम संचालन राष्ट्रिय तेक्वान्दो संघका सचिब तथा प्रतियोगिता निर्देशक राकेश
कुमार राई ज्युले गर्नु भयको थियो.
खेल विवरण
कुल सहभागी खेलाडी: ४२५ ( नेपाल- भारत)
रेफ्री/अफिसियल: ३५
प्रतिस्प्रधा तौल/उमेर समूह : kyorugi (fight)
तर्फ: ५४ स्वर्ण को लागि
प्रतिस्पर्धा उमेर/वेल्ट समूह : Poomsae
(form) तर्फ: ३५ स्वर्ण को लागि
“2nd Indo Nepal Open International Taekwondo
Championship21” को २९ गते उदघाटन भइ ३० गते समापन गरियो. प्रतियोगिताको समापन
कार्यक्रम राष्ट्रिय खेलकुद परिसद का उपाध्यक्ष्य श्री शिव कोइराला (ज्वाला) ज्यु
को प्रमुख आतिथ्यमा सम्पन्न गरियो. प्रमुख अतिथि ज्युबाट बिजयी खेलाडीहरुलाई
प्रमाणपत्र तथा मेडल प्रदान गरि हौसला
प्रदान गर्नुभयको थियो
अन्तमा यस प्रतियोगितालाई भब्यताकासाथ सफल पार्न सहयोग गर्नुहुने प्रमुख अतिथि ज्यु, बिशिष्ट अतिथिज्यु हरु, अतिथि ज्युहरु, निर्णायक,प्रशिक्षक, खेलाडी,पत्रकार,आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण संघ संस्था तथा व्यक्तिहरुमा प्रतियोगिता आयोजक कमिटि (IMAN) तथा राष्ट्रिय तेक्वान्दो संघ नेपाल आभार तथा धन्यवाद ब्यक्त गर्दछ|
Rakesh Kumar Rai
Championship Director
No comments:
Post a Comment