Welcome to International Martial art Academy-Nepal (IMAN). Our goal is to teach quality martial arts instructions. We are committed to provide the highest level of training, ranging from basic to advanced Taekwondo/Martial art skills. We offer a variety of programs for all ages in our spacious clean facility with professional training equipment and world class level instructors.
Monday, January 12, 2026
Monday, January 5, 2026
प्रदेश खेलकुद विकास परिषद्को जानकारीपत्रप्रति राष्ट्रिय तेक्वान्दो संघ नेपालको आपत्ति
काठमाडौँ ,
राष्ट्रिय तेक्वान्दो संघ नेपालले बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशद्वारा प्रकाशित जानकारीपत्रप्रति घोर भर्त्सना तथा गम्भीर आपत्ति जनाएको छ। संघले न्यायालयको आदेशलाई विपरीत रूपमा व्याख्या गरी नेपाल तेक्वान्दो संघले आफ्ना स्वार्थअनुकूल ढंगबाट तयार पारेको गलत सूचना समावेश गरिएको पत्रकै आधारमा बागमती प्रदेश खेलकुद विकास परिषद द्वारा प्रकाशित जानकारि पत्र सार्वजनिक गरेको आरोप लगाएको छ।
राष्ट्रिय तेक्वान्दो संघ नेपालका अनुसार मिति २०८२ साल पौष ९ गते (२०८२/०९/०९) च. नं. २०८२/०८३, पत्र संख्या ३०२ अनुसार प्रकाशित उक्त जानकारीपत्र तथ्यहीन, भ्रामक तथा कानुनी आधारविहीन रहेको छ। संघले सार्वजनिक रूपमा फैलाइएका यस्ता सूचनाले तेक्वान्दो खेल क्षेत्रमै भ्रम र समस्या सिर्जना गरेको जनाउँदै, जानकारीपत्रलाई अबिलम्ब सच्चाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
संघले एकपक्षीय, तथ्यविपरीत र मनोमानी ढंगले गरिएका यस्ता क्रियाकलापहरू कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, आगामी दिनहरूमा बागमती प्रदेश खेलकुद विकास परिषद् तथा त्यस मातहतका जिल्ला खेलकुद विकास समिति र पालिका स्तरका खेलकुद विकास समितिहरूले आयोजना गर्ने तेक्वान्दोसम्बन्धी सम्पूर्ण गतिविधिहरू राष्ट्रिय तेक्वान्दो संघ नेपालको बागमती प्रदेश संघसँग समन्वय गरेर सञ्चालन गर्नुपर्ने माग गरिएको छ।
यसै सन्दर्भमा बागमती प्रदेश संघ तथा जिल्ला संघका प्रतिनिधिहरूले बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री माननीय उर्मिला नेपालज्यूसमक्ष औपचारिक रूपमा ध्यानाकर्षण पत्र पेश गरिएको जानकारी पनि संघले दिएको छ।
राष्ट्रिय तेक्वान्दो संघ नेपालले माननीय मन्त्रीज्यूले यस विषयलाई गम्भीरतापूर्वक अध्ययन, छलफल तथा कानुनी आधारमा आवश्यक निर्णय लिने विश्वास व्यक्त गरेको छ। संघले तेक्वान्दो खेल क्षेत्रमा उत्पन्न भएको भ्रम तथा समस्याको न्यायोचित समाधान हुने अपेक्षा समेत गरेको छ।
समाचारको अन्त्यमा संघले नेपाली तेक्वान्दो खेलको समग्र विकास, खेलाडी र प्रशिक्षकको हित संरक्षण तथा खेलकुदको मर्यादा जोगाउने विषयमा आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
-
काठमाडौँ, १३ असोज स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलले आयोजना गरेको दोस्रो इन्टर स्कुल स्केटिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।...
-
काठमाण्डौँ फागुन १९ शुक्रबार काठमाण्डौँको सानोभ ¥ याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइ. वी वल्र्ड स्कूलले यही फागुन १४ गते देखि आयोजना ...
-
काठमाण्डौँ, आइतबार फाल्गुन १४ काठमाण्डौँको सानोभ¥याङ्मा अवस्थित स्वस्तिश्री गुरुकुल आइर्. वी. वल्र्ड स्कूलले खेलप्रेमी विद्यार्थीहरुका लाग...

