Saturday, September 30, 2023

स्वस्तिश्री गुरुकुलमा अन्तर- बिद्यालय स्केट रेस सम्पन्न |

     काठमाडौँ, १३ असोज

स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलले आयोजना गरेको दोस्रो इन्टर स्कुल स्केटिङ प्रतियोगिता शनिबार सम्पन्न भएको छ । खेलप्रेमी विद्यार्थीहरूका लागि खेलकुदप्रति आकर्षितका साथै दक्ष बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । प्रतियोगितामा स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुल लगायत ३१ स्कुलका करिब २५० जना छात्र÷छात्रा खेलाडीहरूले विभिन्न विद्यालय तथा संस्थाहरूको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । कार्यक्रममा स्वागत् मन्तव्य विद्यालयकी प्रधानाध्यापक नेहा  के.सीले राख्नु भएको थियो भने कार्यक्रमको उद्घाटन प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारले स्कुलको झण्डा झण्डोत्तलन गर्नु भयो । विद्यालयका छात्र सम्मान के.सी र श्रीअंश आर्चायले नेपाल र स्कुलको झण्डा लिएर स्केटिङ अरिना (मैदान) परिक्रमा गरेका थिए । 

६ वर्ष उमेर समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी  बिनिशा नेपाल, अलकापुरी स्कुलकी  प्राश्ना कार्की  र ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी रोज बडूले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी ६ वर्ष  उमेर समूहका छात्रतर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका रहिस खड्की, श्री शिव नर्सिङ शिक्षालयका द्वय केन्जो राई, निभान रानाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । 

 त्यसैगरी ६ देखि ८ वर्ष  उमेर समूहका छात्रातर्फ युरो स्कुल हात्तीगौँडाकी छोयङ डी. शेर्पा, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी द्वय आरोही अर्याल र सरिन भुसालले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । यस्तै ६ देखि ८  वर्ष  उमेर समूहका छात्र तर्फ ज्ञान संस्कार इन्टरनेसनल स्कुलका सम्राट विक्रम चन्द, स्वस्तिश्री गुरुकुलका शिशिर गौतम र युरो स्कुल हात्तीगौँडाका येशि नोर्जेन शेर्पाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

त्यसैगरी नै ८ देखि १० वर्ष समूहका छात्रा तर्फ श्री शिव नर्सिङ शिक्षालयकी आशिया तामाङ, स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलकी द्वय नमिसा श्रेष्ठ र गीत घिमिरेले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । त्यसै गरी ८ देखि १० वर्ष समूहका छात्र तर्फ रिब्स स्कुलका  सोवान श्रेष्ठ, विल्सन एकेडेमीका अभिशेक लामा, युलेन्स स्कुलका अरहान टिब्रेवाला र युरो स्कुल हात्तीगाँैडाका सुहास पुनले  क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए ।

त्यस्तै १० देखि १२ उमेर समूहका छात्रा तर्फ बृहस्पति विद्यासदन स्कुलकी सोनाम घले, ज्ञान संस्कार इन्टरनेसनल स्कुलकी सान्भी श्रेष्ठ, अलकापुरी स्कुलकी शिखा बस्नेतले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् । १० देखि १२ उमेर समूहका छात्र तर्फ ओलिभ स्केट क्लवका आर्थ बोहरा, के.एम.सी स्कुलका, सिद्धान्त कन्डङ्वा र स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुलका यश श्रेष्ठले क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । 

१२ देखि १४ उमेर समूहमा छात्रा तर्फ ओलिभ स्केट क्लवकी मन्सा कडेल, आर, आई, बि.एसकी ज्यासमिन पछाइ र अलकापुरी स्कुलकी सुबानी महर्जनले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । १२ देखि १४ उमेर समूहमा छात्र तर्फ विल्सन एकेडेमीका मन्जिल न्यौपाने, रिब्स स्कुलका द्वय लिस महर्जन र अभिनव महर्जन क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । 

१४ देखि १६ समूहमा छात्रा तर्फ स्वस्तिश्री गुरुकुलकी त्रय सुनिचा भजू, रिभा महर्जन र यश्वी श्रेष्ठले प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । १२ देखि १४ उमेर समूहमा छात्र तर्फ ह्वाईटफिल्डका समीप लामिछाने, विल्सन एकेडेमीका आदिश गिरी र रिब्स स्कुलका आभुषण जोशीले क्रमश ः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । ज्ञान संस्कार इन्टरनेसनल स्कुल, स्वस्तिश्री गुरुकुल आई.बी.वल्र्ड स्कुल र श्री शिव नर्सिङ शिक्षालयले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका साथै ट्रर्फी हासिल गर्न सफल भएका थिए ।


 समापन समारोहका प्रमुख अतिथि नेपाल रोलबल एशोसियसनका महासचिव डिकेश प्रधान, विशेष अतिथि प्रहरी वृत्त स्वयम्भूका इन्स्पेक्टर जितेन्द्र शाह, नेपाल रोलबल एशोसियसनका उपाध्यक्ष रमेश गौतम, अभिभावकका प्रतिनिधि किरण गौतम, विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन, प्रधानाध्यापक नेहा के.सी, उच्च माध्यमिक विद्यालय संयोजक टेकनाथ पौडेल, स्रोत व्यवस्थापक तासी महर्जन, अतिरिक्त कार्यक्रम संयोजक राकेश कुमार राई र आई.सि.टी संयोजक सन्तोष बुढाथोकीले विजयी प्रतियोगीहरूलाई पुरस्कर तथा प्रमाण–पत्र वितरण गर्नुको साथै सम्पूर्ण अतिथिहरूलाई सम्मान गर्दै विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जनले मायाको चिनो प्रदान गर्नु भएको थियो । 











No comments:

Post a Comment